अख्तियारकृष्णप्रसाद सापकोटाप्रदेश २ सरकारसाइकल खरिद

जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले साइकल खरिद गर्दा अनियमितता भएको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको प्रमुख कृष्णप्रसाद सापकोटाले जनाएका छन् । ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान’ अन्तर्गत वितरणका लागि खरिद गरिएको साइकलमा अनियमितता भएको भन्दै उजुरी परेपछि बर्दिबासस्थित अख्तियारको टोलीले गत असोज १३ गते मुख्यमन्त्री कार्यालयमा छापा मार्दै केही फाइल नियन्त्रणमा लिएको थियो । ती फाइल अनुसन्धान गर्दा अनियमितता भएको पाइएको अख्तियारले जनाएको हो ।

अख्तियारको बर्दिबास कार्यालय प्रमुख सापकोटाले साइकल खरिदमा भएको अनियमितताको सम्बन्धमा परेको उजुरीमाथि प्रारम्भिक अनुसन्धानको क्रममा अनियमितता भएको देखिएको बताए । उनले भने, ‘प्रारम्भिक अनुसन्धानको क्रममा साइकल खरिदमा अनियमितता भएको देखिएकाले त्यस चरणलाई सकाएर दोस्रो चरणमा विस्तृत रुपमा अनुसन्धान गरिरहेका छौँ ।’

यसका लागि छुट्टै अनुसन्धान अधिकृत नियुक्त गरिएको जनाउँदै उनले छिट्टै नै विस्तृतमा अनुसन्धान अगाडि बढ्ने बताए । उनले विस्तृत अनुसन्धानमा समेत अनियमितता भएको देखिएमा कर्मचारी तथा पदाधिकारीमाथि भ्रष्टाचारको मुद्दा दायर हुने स्पष्ट पारे । विस्तृत अनुसन्धान हुन अझै एक/डेढ महिना कार्यालय प्रमुख सापकोटाको भनाइ छ । उनले साइकल खरिदमा संलग्न कर्मचारीहरुको बयान लिने तथा प्रमाणहरुलाई परीक्षण गर्ने काम भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!