हावाले आगो उडाएर ल्याएर आगलागी हुँदा दाङको राजपुर–७ हाडबास गाउँमा आइतवार दिउँसो २४ घर जलेर नष्ट भएका छन् ।

गाउँमा रहेका २५ घरमध्ये २४ घर आगलागीबाट जलेर नष्ट भएको वडाध्यक्ष पुष्कर ओलीले जानकारी दिए ।

गाउँसम्म पुग्ने बाटो नहुँदा आगो निभाउन दमकल पुग्न सकेको छैन ।

जसका कारण आगलागी नियन्त्रणमा लिन नसकिएको वडाअध्यक्ष ओलीले बताए ।

घटना स्थलमा अहिले प्रहरीको टोली पुगेको र क्षतिको विवरण संकलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!