सिरहा । सिरहा नगरपालिकाले जेहेन्दार, विपन्न तथा लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन ‘छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि, २०८३’ लागू गरेको छ ।
कार्यविधिअनुसार बाबुआमा गुमाएका, आर्थिक रूपमा विपन्न, दलित, आदिवासी जनजाति, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति तथा शहीद र बेपत्ता परिवारका सदस्यलाई छात्रवृत्तिमा प्राथमिकता दिइनेछ ।

छात्रवृत्ति वितरणका लागि नगर प्रमुखको अध्यक्षतामा छनोट समिति गठन गरिनेछ । समितिले आवेदन र आवश्यक कागजातका आधारमा योग्य विद्यार्थी छनोट गर्नेछ । आवेदन आह्वान गर्दा कम्तीमा १५ दिनको समय दिनुपर्ने र छनोट भएका विद्यार्थीको विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ ।
नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ बमोजिम कार्यविधि स्वीकृत गरी लागू गरेको जनाएको छ ।
छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि, २०८३





