जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका २ बेलाचापीस्थित सतलोक आश्रममा १७ मिनेटमा २१ नव जोडीहरुले दाइजोमुक्त एवम् अन्तरजातीय सामूहिक विवाह गरेका छन् ।
शन्त रामपालको सतलोक आश्रममा कबीर परमेश्वरको ६२७औं प्रकट दिवसको अवसरमा आयोजित समारोहमा शुक्रबार २१ जोडीले सामूहिक विवाह गरेको हो । गुरुवाणीद्वारा तेत्तिस करोड देवीदेवताहरुको स्तुति गर्दै रमैणी मन्त्र उच्चारण गरी १७ मिनेटमै उनीहरुको विवाह सम्पन्न गराइएको शन्त रामपालका अनुयायी ईश्वरदत्त भट्टले जानकारी दिएका छन् ।
विभिन्न महोत्सवमा यहाँ सामूहिक तथा दाइजोमुक्त विवाह हुने गरेको छ ।
कबीर परमेश्वरको प्रकाट्य लिलाको सम्झनालाई लिएर प्रत्येक बर्ष मनाइने कबीर परमेश्वर प्रकट दिवस यस वर्ष पनि भव्यताका साथ मनाईंदै छ। सो अवसरमा सन्त रामपालजी महाराजका अनुयायीहरुद्वारा असार ६ देखी ८ गते सम्मका लागि आयोजित तीन दिवसीय अखण्ड पाठ तथा विशाल भन्डारा कार्यक्रम असार ६ गते बिहिबार पाठ प्रकाश गरी प्रारम्भ भएको थियो दोश्रो दिन असार ७ गते शुक्रबार दाइजोमुक्ता विवाह लगायतका विभिन्न किसिमका समाज सुधारका कार्यक्रमहरु भएको छ ।
यस्तै अनुयायीहरुले दिवसकै अवसरमा नेपाल रेडक्रस सोसाईटीको समन्वयमा रक्तदान पनि गरेका छन् ।
कार्यक्रममा मधेश प्रदेश सभामुख रामचन्द्र मण्डल, मुख्यमन्त्री सतिश कुमार सिंह लगायतको उपस्थिती रहेको थियो ।