सिरहा । सदरमुकाम सिरहामा दिनदहाडै सिरहा–चोहर्वा सडक खण्ड अन्तर्गत सिरहा नगरपालिका वडा नं. ८ महिसोथा जाने बाटो नजिक अपरिचित बन्दुकधारी समूहले एकजना मनी ट्रान्सफर सञ्चालकसँग रकम लुटेर लगेको छ ।

आज करिब ११ बजे बन्दुकधारी समूहले पुरुषोतम यादवसँग १५ लाख ५० हजार रकम लुटेर लगेको छ ।
बिष्णुपुर बजारमा शिव मनि ट्रान्सफर सञ्चालन गर्दै आएका यादव सदरमुकाम स्थित ग्लोबल आईएमई बैंकबाट उक्त रकम झिकेर बिष्णुपुर जादै थिए । उक्त रकम लिएर स.९प. ६३१० नम्बरको मोटरसाईकलमा जाँदै गरेका यादवलाई सिरहा–चोहर्वा सडक खण्ड अन्तर्गत सिरहा नगरपालिका–८ महिसोथा जाने बाटो नजिक भारतिय नम्बरको मोटरसाईकलमा आएका बन्दुकधारी समूहले पेस्तोल देखाएर रकम लुटेर लगेको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाले बताए ।

घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब एक किलोमिटर सिरहा–चोहवा सडकमा पर्छ । लुटेरा समूहको खोजीकार्य तिव्र पारिएको प्रहरीले बताएको छ । दिनदहाडै पेस्तोल ताकेर रकम लुटिएपछि यस क्षेत्रका व्यपारिहरु त्रसित बनेका छन् । करिब ६ महिना अघि सिरहाको मिर्चैया नगरपालिका–३ राघोपुरबाट अपरिचित बन्दुकधारी समूहले एकजना मनी ट्रान्सफर सञ्चालकसँग २५ लाख ६० हजार रकम लुटेर लगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!