तेल अभिभ । हमासले एउटा नयाँ भिडियो सार्वजनिक गरेको छ । यसले समूहले अपहरण गरेका थप दुई इजरायली नागरिक जीवित रहेको प्रमाण दिएको छ ।
भिडियोको प्रतिक्रिया दिँदै ओमरी र किथ दुबैका परिवारहरूले उनीहरूको रिहाइ नभएसम्म सङ्घर्ष जारी राख्ने बताएका छन् । दुबैका परिवारले इजरायली सरकारलाई उनीहरूको रिहाइका लागि सम्झौता गर्न अपिल पनि गरेका छन् ।

हमासले युद्ध विरामको लागि इजरायलको ताजा प्रस्तावलाई विचार गरिरहेको बताएकै समयमा नयाँ भिडियो बाहिर आएको छ । बन्धकहरूको रिहाइको लागि सम्झौता भयो भने रफाहमा नियोजित आक्रमणको निर्णय फिर्ता लिन सकिने इजरायलका विदेशमन्त्रीले शनिवार भनेका थिए ।



