सिरहा । सिरहा नगरपालिका–८ महिसौथामा विष्णु महायज्ञ बुधवारदेखि सुरु भएको छ ।
विष्णु महायज्ञमा बाजागाजासहित नाचगान गर्दै निकालिएको कलश यात्रामा भक्तजनको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले धर्मले समाजमा हुने बिकृती अन्त्य गर्न सहयोग पुग्नुका साथै धार्मिक पर्यटनमा मद्दत पुग्ने बताए । धर्ती माताको रुपमा परिचित बिष्णु कुंवरको नेतृत्वमा हुन लागेको महायज्ञमा राशलिला, प्रवचन र रामलिला लगायतका आयोजनाले धार्मिक पर्यटन पनि बढ्ने मेयर डा यादवले आफ्नो धारण राखेका छन् ।

बिष्णु महायज्ञ विश्व शान्तिका लागि आयोजना गरिएको मेयर डा. यादवको भनाई छ । चैत २१ गतेदेखि ३० गतेसम्म महायज्ञ जारी रहने आयोजकले जनाएका छन् । स्थानीय समाजसेवि एवं सिरहा नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष योगेन्द्र हजरा यादवले समाज अन्धकारमा गएको, नैतिकता हराएको भन्दै महायज्ञबाट नैतिक शिक्षाका साथै धर्म संस्कृतिको रक्षा हुने बताए ।

त्यस्तै मेला समिति अध्यक्ष मकुन दासले महायज्ञ सफल पार्न सबै लाग्नु पर्ने र सहयोग गर्नुपर्ने बताए । त्यस्तै धर्ती माता विष्णु कुँवरले परिचित बिष्णु कुंवरले शान्ति र धर्मका लागि हुने भएकोले सनातन धर्मको रक्षाका साथै अनुशासन र नैतिक शिक्षा उपलब्धि विष्णु महायज्ञको मुख्य उद्देश्य रहेको उनको भनाई रहेको छ । धर्म संस्कारको विकास समेत महायज्ञबाट हुने मेला समिति अध्यक्ष दासले बताए ।

कार्यक्रममा चैत २२ देखि बैशाख १ गते सम्म रामलिला दिउँसो १ वजे देखि राती ८ वजे सम्म, राशलिला राती ९ वजे देखि राती २ वजे सम्म, दंगल कुस्ति चैत ३० देखि बैशाख २ गते सम्म आयोजना हुने आयोजले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!