सिरहा । सिरहा नगरपालिकामा दलित सामुदायिक भवनको शिलान्यास कार्य गरिएको छ । सिरहा नगरपालिका वडा नम्बर १ सिरहामा शुक्रबार दलित सामुदायिक भवनको शिलान्यास गरिएको हो ।

सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले वडा नं. १ सिरहामा २० लाखको लगानीमा निर्माण हुने सामुदायिक भवन शिलान्यास गरेका हुन । समय अवधि भित्र निर्माण कार्य सम्पन गर्ने गरि शिलान्यास कार्य गरिएको मेयर डा यादवले जानकारी दिनु भएको छ । मेयर डा यादवले सामुदायिक भवन बनेपछि त्यस घना बस्तिमा सभा समारोह, शुभकार्य, भेला गोष्ठीलगायतका कार्य गर्न स्थानियलाई सहज हुने प्रतिक्रिया समेत दिए ।

सिरहा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष महेश कुमार यादवको अध्यक्षता र नगरपालिकाका मेयर डा नविन कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न शिलान्यास कार्यक्रममा वडा सदस्य, बुद्धिजिवी, स्थानीय, राजनितिककर्मी लगायत स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!