सिरहा । सिरहा नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष राकेश कुमार यादवले नगर कार्यपालिकाले विगतमा गरेका विभिन्न निर्णय कार्यान्वयन नभएको भन्दै तालाबन्दी गर्ने सहितका चेतावनी दिएका छन् ।

वडाअध्यक्ष यादवले सिरहा नगरपालिका कार्यालयमा ज्ञापन पत्र बुझाउँदै २०७९ साउन १२ र भदौं १३ मा भएको कार्यापालिका बैठकको निर्णय कार्यान्वयन नभएको भन्दै ४८ घण्टाको समय दिई तालाबन्दी गर्ने चेतावनी दिएका छन् । वडा अध्यक्ष यादवले तालाबन्दी गर्ने चेतावनी सहितको ज्ञापन पत्रको बोद्धार्थ जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, संघीय मामिला मन्त्रालय, अख्तियार दुरुपयोग अनुसंधान, मन्त्रीपरिषद्, मधेश प्रदेश र मुख्यमन्त्री कार्यालयलाई गरिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!