काठमाडौँ ।  पश्चिमी कम्बोडियाको एक गोदाममा भएको आगलागीमा २० जना सैनिकको मृत्यु भएको छ ।

शृङ्खलाबद्ध विस्फोटका क्रममा आगलागी हुँदा उनीहरूको मृत्यु भएको देशका प्रधानमन्त्री हुन मानेटले बताए ।

काम्पोङ स्पेउ प्रान्तको चबर मोन शहरको चमकर डुङ गाउँमा रहेको तेस्रो सैन्य कमान्ड रहेको थियो ।

काम्पोङ स्पेउ प्रान्तका प्रहरी प्रमुख मेजर जनरल साम सामुनले घटनाको कारण पत्ता लगाउन अनुसन्धान शुरु गरिएको छ ।

हतियार डिपोमा भएको क्षतिको विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय