दिलिप कुमार यादवमेयर डा नविन कुमार यादवसिरहा नगरपालिका

सिरहा । सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा शाखा अधिकृत दिलिप कुमार यादव हाजिर भएका छन् ।
प्रमुख प्रशासकीय अधिकृतको रुपमा सिरहा नगरपालिका आएका यादवलाई सिरहा नगरपालिकामा भव्य स्वागत गरिएको छ । सिरहा नगरपालिकाका मेयर डा. नविन कुमार यादवले प्रमुख प्रशासकीय अधिकृत यादवलाई चादर ओढाएर डायरी र कलम दिदै एक कार्यक्रमवीच नगरपालिकामा स्वागत गरेको छ । उनी महादेवा गाउँपालिका सप्तरीबाट सरुवा भई सिरहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत यादवले स्वागतसँगै कर्मचारीलाई जनताका हितमा काम गर्नका लागि निर्देशन दिएका छन् । कुशल कार्यशैली अपनाएर जनमैत्री सेवा दिई निर्वाचित जनप्रतिनिधिहरुलाई सफल बनाउन पनि कर्मचारीको महत्त्वपूर्ण भुमिका रहने हुँदा सबैले आफ्नो ठाउँबाट काम गर्न उनले कर्मचारीहरुलाई आग्रह गरेका छन् । “केही फरक ढंगले कामको सुरुवात गर्नेछु, सबैको सहयोगको अपेक्षा छ” – यादवले भने।
स्वागत कार्यक्रममा नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृतलाई नगरपालिकाको हरेक गतिविधिहरु जनताको पक्षमा गर्नका लागि मेयर डा. यादवले निर्देशन दिएका थिए । सिरहा नगरको सकारात्मक परिवर्तनका लागि कर्मचारीको कुशल नेतृत्व गर्न प्रमुख प्रशासकीय अधिकृतलाई आग्रह गरेका छन् ।

स्वागत कार्यक्रममा निर्वाचित जनप्रतिनिधि, विभिन्न शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखाका सिअहेव बिन्देश्वर यादवले गरेका थिए ।
यसअघि सिरहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शाखा अधिकृत बलिराम यादवले निर्वाह गर्दै आएका थिए । यादव करिब चार वर्ष सिरहा नगरपालिकाको शाखा अधिकृतको रुपमा रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!