सलहेश युवा कल्वसहिद हेमनारायण गोल्डकपसिरहा नगरपालिका

सिरहा  । सिरहा नगरपालिकाको २५ लाखको लागतमा सिरहामा सहिद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सलहेश युवा कल्वले अगामी चैत १५ देखि ९ दिनसम्म चल्ने गरी १० वटा फुटबल टिमको सहभागितामा सहिद हेमनारायण गोल्डकप आयोजना गर्ने तयारी गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको । सलहेश युवा कल्वका अध्यक्ष राजिप यादवले अगामी चैत १५ देखि २४ सम्म आयोजना हुने गोल्डकपको विजेतलाई नगद २ लाख ५१ हजार पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताएका छन् । यस्तै उपविजेता टोलीलाई नगद १ लाख ५१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष यादवले बताएका छन् ।


सिरहा क्याम्पसको खेल मैदानमा आयोजना हुने गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको भन्दै अध्यक्ष यादवले आयोजक सहित मधेश प्रदेशका चार, कोशी प्रदेशका तीन, बागमती प्रदेशका २ र भारतका एक वटा फुटबल कल्वको सहभागिता रह्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!