कोकिला भण्डारी
धनकुटा, १६ असोज । सैनिक नागरिक सम्बन्ध अझ प्रगााढ बनाउने उद्देश्यका साथ ऐतिहासिक धार्मिक स्थल शहीदभूमि गाउँपालिका ३ छिन्ताङा नेपाली सेना भीमदत गणको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।
शिविरको उद्घाटन अवसरमा नम्बर २ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी महेश कुमार थापाले विकट स्थानमा स्वास्थ्यको पहुँच अलिक टाढा रहेको, सदरमुकाम समेत जान बाटो तथा विविध कारणले कठिनाइ भइरहेको अवस्थामा बृद्ध र बालबालिकालाई मध्यनजर गर्दै यस ठाउँलाई छनोट गरी निःशुल्क शिविर सञ्चालन गरेको जानकारी दिए ।

उक्त शिविरमा साधारण स्वास्थ्य परीक्षण, नाक, कान, घाँटी, आँखा परीक्षण, ढाड, घुँडा र पेट दुखाइलगायतका बिरामीहरुको परीक्षण गरी औषधी, काउन्सिलङ समेतको सेवा दिइएको आयोजक संस्था भीमदल गणका सेनानी पूर्ण प्रजापतिले जानकारी दिएकाछन् ।
जिल्लाको सदरमुकाम भन्दा ३१ किलोमिटर दुरिमा रहेको जनसंख्या बढी भएको भौगोलिक दृष्टिकोणले दुर्गम क्षेत्रका नागरिकलाई राज्यसँग जोडने माध्यमका रुपमा शिविर सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको भनाइ थियो ।
आर्थिक रुपले पछाडि परेका स्थानीयहरुलाई घर आँगन नेपाली सेनाले शिविरमार्फत सेवा दिँदा स्थानीय खुसी भएकाछन् । महिनौंदेखि दाँतले समस्या झेल्दै आएकी स्थानीय गाउँघरमै आएर दुखेको दाँतको निःशुलक उपचार पाउँदा खुसी हुनुभएको छ । नम्बर २ फिल्ड एम्बुलेन्स गुल्म, हिले, जिल्ला अस्पताल, हलेसी डेन्टल, डा. राम प्रसाद पोखरेल आँखा अस्पताल र नेपाली सेनाका डाक्टर सहितको टोलीले २८१ जना स्थानीयलाई सेवा प्रदान गरेको जिल्ला अस्पताल धनकुटाका डाक्टर डेनिस चौधरीले जानकारी दिएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!