सिरहा । सिरहा नगरपालिकामा आर्थिक वर्ष २०८२/०८३ सम्म सञ्चालन भएका ५४८ वटा योजनाको भुक्तानी बाँकी रहेको पाइएको छ। अघिल्लो आर्थिक वर्षमा सञ्चालन तथा सम्पन्न भएका विभिन्न विकास योजनाको रकम समयमै भुक्तानी हुन नसक्दा नगरपालिकामाथि पुरानो आर्थिक दायित्व थपिएको हो।

नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा ‘रातो किताब’ सार्वजनिक गरेपछि अघिल्लो आर्थिक वर्षसम्मका योजनाको भुक्तानी बाँकी रहेको तथ्य सार्वजनिक भएको हो। भुक्तानी बाँकी रहेका योजनामा सडक, नाला, खानेपानी, भवन, शिक्षा, स्वास्थ्य, कृषि, विद्युत् तथा अन्य पूर्वाधारसम्बन्धी योजनाहरू रहेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय