सिरहा । सिरहा नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ३२ करोड १७ लाख ८९ हजार २९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

नगरपालिकाको ‘रातो किताब’मा २२ वटै वडाका लागि सडक, नाला, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, विद्युत् तथा सामाजिक विकासलगायतका विभिन्न योजना समावेश गरिएको छ।

रातो किताबअनुसार वडाका लागि ५०–५० लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको छ। तर कुन वडामा कति योजना छन् र प्रत्येक योजनामा कति रकम छुट्याइएको छ भन्ने विवरणले वडागत बजेटको प्राथमिकता देखाउनेछ।

नगरपालिकाले सार्वजनिक गरेको योजनागत विवरणका आधारमा कुन वडामा कति बजेट र कुन योजनामा कति रकम विनियोजन गरिएको छ भन्ने विषयमा स्थानीयस्तरमा चासो बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय