#सिरहाकोभिड–१९

सिरहा । सिरहामा कोरोना भाईरसविरुद्धको म्याद गुज्रिएको फाईजर खोप विद्यालयका बालबालिकालाई लगाउने गरेको छ ।
पुस ५ देखि ७ गतेसम्म सिरहाका जिल्लाका विभिन्न पाँच वटा स्थानीय तहमा रहेको सामुदायिक विद्यालयहरुका १२ वर्ष वा सोभन्दा माथि उमेर समूहका बालबालिकालाई म्याद गुज्रिएको कोरोना भाईरस (कोभिड–१९) विरुद्धको खोप लगाउन सुरु गरिएको हो ।
सिरहा जिल्लाको सिरहा नगरपालिका, कल्याणपुर नगरपालिका, मिर्चैया नगरपालिका, कर्जन्हा नगरपालिका र लहान नगरपालिकामा सामुदायिक विद्यालयमा कोभिड–१९ विरुद्धको फाईजर खोप लगाउन अभियान थालिएको छ । यसका निम्ति स्वास्थ्य कार्यालय सिरहाले प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र जनकपुरधामबाट म्याद गुज्रिएका २० हजार डोज खोप ल्याएको छ ।

बालबालिकालाई लगाउने गरेको अमेरिकामा बनेको फाईजर खोपको म्याद नोभेम्बर २०२२ उल्लेख गरिएको छ । एफवाई१३३१ उल्लेख गरिएको खोपको अन्तिम म्याद नोभेम्बर २०२२ रहेको छ ।
यता सिरहाको चन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरुले म्याद गुज्रिएको खोपवारे गुनासो गरेका छन् । विद्यार्थीहरुले खोपको भाईलमा नोभेम्बर २०२२ सम्मको समय भएकोले म्याद गुज्रिसकेकोले आफूहरुले म्याद गुज्रिएको खोप लगाउँदा स्वास्थ्यमा समस्या हुन सक्ने भनेर प्रअलाई गुनासो गरेको कक्षा ७ मा अध्ययनरत चाँदनी मुखियाले बताईन् ।

विद्यार्थीहरुले खोप म्याद गुज्रिएको भ्याक्सिन भएकोले लगाउन नचाहेपछि चन्द्र माध्यमिक विद्यालयका खोप कार्यक्रम रोकिएको छ ।
स्वास्थ्य कार्यालय सिरहाको खोप फोकल पर्सन राम विनय यादवले खोप लगाउने काम कुनै भूलचुकमा नभएको बताएका छन् । ‘भूलचुक वा धोकाबाट पठाएको भ्याक्सिन छैन् । विज्ञ टोलीले स्वास्थ्य मन्त्रालयमा बसेर निर्णय गरी तीन महिना म्याद थप गर्यो । त्यही आधारमा अहिले बालबालिकालाई लगाउने काम भईरहेको छ ।’
१० दिन अघि जनकपुरधामस्थित प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रबाट २० हजार डोज फाईजर भ्याक्सिन ल्याएर अभियान थालिएको भन्दै खोप फोकल पर्सन यादवले पहिलो चरण सकेपछि खोप मौज्दातको अवस्था हेरी अभियान अरु पालिकामा सुरु गर्ने बताएका छन् ।

स्वास्थ्य सेवा विभाग अन्र्तगत रहेको परिवार कल्याण महाशाखाले कोभिड–१९ विरुद्धको खोपको ‘सेल्फ लाईफ एक्टेन्शन’ गरिएको भन्दै २० कार्तिकमा सात वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई पत्रचार गरेको छ ।
फाईजर खोपको ९ महिनाबाट १२ महिना कायम भएको भन्दै निर्देशक डा विवेक कुमार लालले पठाएको पत्रका अधारमा अहिले सिरहा जिल्लामा खोप दिन थालिएको छ । महाशाखाले पठाएको पत्रमा नोभेम्बरमा म्याद सकिएको खोपको ३ महिना म्याद थप भएको र अगामी फेब्रुअरीसम्म कायम भएको उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय