सिरहा । सिरहा उद्योग वाणिज्य संघ सिरहाका नवनिर्वाचित सदस्य सोनु कुमार महरालाई सम्मान गरिएको छ । महरा समाज सिरहाले सिरहा पुस्तकालयमा एक कार्यक्रमको आयोजना गरि अत्याधिक मतले विजयी भएका सोनुलाई सम्मान गरेको हो । दोसल्ला, फूलमाले सम्मान गरिएको महरा समाज सिरहाले जनाएको छ ।




