सिरहा । सिरहा नगरपालिका–१६ को वडा अध्यक्षको उम्मेदवारीमा दिएका धिरेन्द्र कुमार मोरवैतामाथिको उजुरी खारेज गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय सिरहाले वडा अध्यक्षको उम्मेदवार मोरवैतामाथिको उजुरी खारेज गरी मनोनयन पत्र सदर भएको सूचना विहिवार सार्वजनिक गरेको छ । वडा अध्यक्षका उम्मेदवार मोरवैता विरुद्धमा त्यही वडाबाट उम्मेदवार बनेका शम्भु प्रसाद यादवले उजुरी गरेका थिए । भारतमा पनि मतदाता सूचीमा नामावली रहेको दावी सहित यादवले मोरवैता विरुद्धमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सिरहामा उजुरी दिएको थियो । उजुरीमाथि छानबीन गर्दै मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले मनोनयन पत्र सदर गरेको हो ।

वडा अध्यक्षका उम्मेदवार मोरवैता नेकपा एमालेवाट उम्मेदवारी दर्ता गराएका छन् । उनको विरुद्धमा उजुरी गर्ने यादव राष्ट्रिय प्रजातन्त्र पार्टीवाट उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!