ADVERTISEMENT
प्रदेशप्रदेश नं २समाचार

महसुल नतिर्दा मधेशका मुख्यमन्त्री राउतकाे घरमा खानेपानीकाे लाईन काटियाे

ADVERTISEMENT
ADVERTISEMENT

जनकपुरधाम । पटक-पटक ताकेता गर्दा पनि महसुल नबुझाएकाे कारण मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकाे घरकाे खानेपानीकाे लाईन काटिएकाे छ ।

ADVERTISEMENT

नेपाल खानेपानी संस्थान वीरगन्ज शाखाले वीरगञ्जस्थित तेजारथ टाेलमा रहेकाे मुख्यमन्त्री राउतको निजी निवासमा उनकाे बुवा दशरथ राउत गद्दीको नाममा रहेको  खानेपानीको लाईन काटेकाे हाे ।

नेपाल खानेपानी संस्थान वीरगञ्जले संस्थानलाई तिर्नुपर्ने बक्यौता रकम नतिरेपछि कालो सुचीमा  राखी लाइन काटिएको भन्ने सूचना जारी गरि लाईन काटिएकाे हाे ।

संस्थान वीरगन्जका शाखा प्रमुख निरण महर्जनद्वारा जारी सूचनामा भनिएकाे छ, ‘पटक पटक ताकेता गर्दा बक्याैता महसुल नबुझाएकाेमा कालाे सुचीमा राखी सार्वजनिक सूचना निकाल्दा पनि महसुल नतिरेकाले खानेपानीकाे सेवा बन्द गरिएकाे छ ।

मुख्यमन्त्रीकाे बुवा दशरथकाे नाममा खानेपानीको जरिवाना सहित १ लाख ६३ हजार २ सय १६ रुपैयाँ बक्यौता रहेकाे छ । मुख्यमन्त्री राउत सरकारी निवासमा बस्न थालेपछि उनकाे निजी निवासकाे रेखदेख उनका बुवा दशरथले नै गर्दै आएका छन ।

वीरगञ्जका अधिकांश नेता र ठूला व्यवसायीहरुले खानेपानी संस्थानको महसुल नतिरी पानी उपभोग गरिरहेको खानेपानी संस्थानको तथ्यांकबाट देखिन्छ । खानेपानीको महसुल बक्यौता रहेकाहरुको सूचना प्रकाशन गर्दै लाइन काटिने संस्थान वीरगन्जका शाखा प्रमुख निरण महर्जनले बताएका छन् ।

ADVERTISEMENT

अपन दैनिक

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected]

Leave a Reply

Your email address will not be published.

Back to top button

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!