जनकपुरधामसहित आसपासको क्षेत्रमा आज उल्लासपूर्वक होली पर्व मनाइँदै छ।

अन्तरगृह परिक्रमाको एक दिनपछि जनकपुरधाममा होली हुने भएकाले यसपाली शनिबार मनाउन लागिएको हो ।

होलीका लोकगीत, संगीतले आज जनकपुरधाम गुञ्जयमान बनेको छ ।

जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा फागुन महिनाको आगमनदेखि नै होलीको मौसम आएको मानिन्छ । ठट्टा मजाक गर्ने छुट रहेको पाइन्छ । सबैलाई खुसी लाग्ने पारामा जिक्स्याउने प्रचलन रहिआएकाे छ ।

फागुन शुक्ल पक्षको अष्टमीदेखि फागुन पूर्णिमासम्म मनाउने होली पर्वका धार्मिक, पौराणिक तथा वैज्ञानिक कारण छन् ।

होलीका गीत मिथिलामा फरक-फरक किसिमले गाइन्छ ।

फागु पूर्णिकाको दिन आफ्नो कुलदेवतालाई अविर, सिन्दूर, चढाई पूजा गरिन्छ। विभिन्न परिकार बनाई खुसीयालीका साथ खाने-खुवाउने चलन रहेको छ ।खानापछि एक अर्कालाई अंगालो मारी माया-प्रेम बाँड्ने चलन छ ।

दिनभरि झुन्डका झुन्ड भई घरमा गई होलीसम्बन्धी गीत गाउने, एक अर्कालाई अविर लगाई नरिवल, सुपारी, बदाम तथा छोकडा दिई स्वागत गरिन्छ ।

मिथिलाको यो परम्पराले नै होलीको वास्तविक अर्थ झल्काउँछ । यसले एक अर्काबीचको सम्बन्ध बढाउने, माया साटासाट गर्नेर भातृत्व तथा सद्भाव बढाउने अवसर दिन्छ ।

केही ग्रामीण क्षेत्रहरूमा भने शुक्रबार नै होली पर्व मनाइएको छ । हिमाली र पहाडी क्षेत्रमा भने बिहीबार नै होली पर्व मनाइएको थियो ।

हेर्नुहाेस् तस्वीरहरू :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय