होली पर्वलाई लिएर प्रहरीले जिल्लामा विशेष सुरुक्षा योजना लागू गरेपछि ट्राफिक प्रहरीले सक्रियता देखाएको छ ।
होली पर्वको सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय सिरहाले विशेष सुरक्षा योजना लागू गरेको छ । विशेष सुरक्षा योजना अन्र्तगत सिरहा जिल्लाका ट्राफिक प्रहरीले पुर्व–पश्चिम राजमार्गमा चेक–जाँचमा कडाई गरेको छ । चाडपर्वको नाममा अत्यधिक मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदा दुर्घटना बढ्न सक्ने भन्दै ट्राफिक प्रहरीले जिल्लाको मुख्य सडकहरुमा सक्रियता बढाएर चेकजाँचमा कडाई गरेको छ ।

अत्यधिक मादक पदार्थ सेवन गर्ने, मोटरसाईकलमा दुई भन्दा वढी व्यक्ति चढाउने, बिना हेल्मेट मोटरसाइकल कुदाउनेलाई कारबाही गरिन सडकमा ट्राफिक चेकजाँचमा कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाले जनाएको छ । नियम विपरीतका मादक पदार्थ सेवन गरी गाडी चलाईएको पाइएमा एक दिन गाडी प्रहरी नियन्त्रणमा राखेर जरिवाना लिई गाडी छाड्ने ट्राफिक प्रहरीले जनाएको छ ।



