स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयस्वास्थ्य मन्त्रालयस्वास्थ्य सेवा विभाग

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरिएन्ट ओमिक्रोन फैलन नदिन स्थानीय र प्रदेश सरकारलाई निर्देशन दिएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आइतबार एक सूचना जारी गर्दै ओमिक्रोन भेरियन्ट थप फैलन नदिन सर्तकता अपनाउन निर्देशन दिएको हो ।

कोरोना महामारीको विश्वव्यापी जोखिम कायमै रहेकाले थप संक्रामक भेरियन्ट ओमिक्रोन नेपालमा पनि भित्रिसकेकाले सबै स्थानीय तहका स्वास्थ्य संस्था र प्रदेशका स्वास्थ्य निर्देशनालयलाई थप सतर्कता र पूर्व तयारी गर्न महाशाखाले निर्देशन दिएको छ । सम्बन्धित स्वास्थ्य संस्थाहरुलाई जनस्वास्थ्यका मापदण्डहरूको पूर्ण पालना गराउन र कोरोना परीक्षणको दायरा बढाउन समेत महाशाखाले निर्देशन छ ।

यस्तै, पहिचान भएका संक्रमितहरुको उचित व्यवस्थापन गर्न आइसोलेशन, क्वारेन्टिन उपचारमा समन्वय र सहयोग गर्न पनि महाशाखाले आग्रह गरेको छ । त्यस्तै सीमा नाकाबाट प्रवेश गर्ने यात्रुहरूको प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्न आग्रह गर्दै खोप लगाउन छुटेका लक्षित वर्गहरुको पहिचान गरी खोप लगाउन समेत महाशाखाले निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!