सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिकाको पशु सेवा भवनमा सोमवार राती चोरी भएको छ ।

बिष्णुपुर गाउँपालिकाको पशु सेवा शाखा र कृषि शाखा रहेको पशु सेवा भवनमा सोमवार राती चोरी भएको हो । उक्त सेवा केन्द्रमा अज्ञात समूहले मुख्य गेटको ताल्चा फुटाएर लाखौं मूल्यको समान र विभिन्न कागजात चोरी गरेको छ । कार्यालयमा रहेको डेल कम्पनीको १ सेट ल्यापटप, ३ वटा पेनड्राइभ, मेगा बैंक, माछापुच्छरे र एनआई बैंकको सादा चेक पनि चोरी गरेको छ ।

अज्ञात समूहले कृषि शाखामा रहेको डेल कम्पनीको १ सेट डेक्सटप कम्प्यूटर र महत्वपूर्ण कागजातहरु चोरी गरेको कृषि शाखाका प्रमुख राम दयाल यादवले बताएका छन् । जिल्ला प्रहरी र ईलाका प्रहरी कार्यालय विष्णुपुरले संयुक्त रुपमाघटना सम्बन्धमा अनुसंधान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!