नेकपा एकीकृत समाजवादी

सिरहा । नेकपा एकीकृत समाजवादीका भाृत संगठन युवा संघ नेपालले अमेरिकी सहयोग परियोजना ‘एमसीसी’ को विरोधमा सिरहामा प्रर्दशन गरेका छन् ।

अमेरिकी सहायक मन्त्रीको प्रधानमन्त्री शेरबहादुर देउवासँगै विभिन्न राजनीतिक दललाई चेतावनी सहितको फोन आएपछि सिरहामा प्रर्दशन गरिएको छ । युवा संघ नेपालका सिरहा जिल्ला अध्यक्ष राजेश यादवको नेतृत्वमा निकालिएको निकालिएको विरोध जुलुसमा नेपका एकीकृत समाजवादी आबद्ध विभिन्न पेशागत संगठनहरुको सहभागिता रहेको थियो ।

राष्ट्रिय हित, सुरक्षा र सार्वभौमिकतामा आँच पुग्ने एमसीसी सम्झौता खारेजको माग गर्दै प्रर्दशन गरिएको हो । विरोध प्रर्दशनमा प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन आबद्ध पदाधिकारी, सुभेच्छुकहरुको सहभागिता रहेको थियो ।

विरोध प्रर्दशनमा नेकपा एकीकृत समाजवादीका प्रदेश र जिल्ला तहका नेता कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो ।

सिरहाको हेमनारायण चौक हुँदै महावीर चौकमा  परिक्रमा गरि  हेमनारायण  चौकमा  कोणसभा गरेका थिए । कोणसभामा युवा संघका रबिन्द्र साह प्रदेश कमिति सदस्य, अमिरी यादव प्रदेश कमिटी सदस्य , र युवा संघका जिल्ला सभापति राजेश यादवले सम्बोधन गरेका थिए ।

सम्बोधन गर्दै अध्यक्ष यादवले “एमसिसिको विरुद्धमा आदोलन भयो यदि यो आन्दोलन बाट एमसिसि फिर्ता नलिए हामी चरम बिरुद्ध रुपमा आन्दोलनमा जानेछौ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय