जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारमा भएको गठबन्धनकै आधारमा मधेश प्रदेश सरकार पुनर्गठन हुने बताएका छन् । शुक्रवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले केही दिनभित्रै मधेश सरकार पुनर्गठन हुने बताए ।

मुख्यमन्त्रीमा आलोपालो हुने बताउँदै उनले अहिले भने सरकारको नेतृत्व जसपाले नै गर्ने स्पष्ट पारे । ‘यही सरकारमा मन्त्रिपरिषद् विस्तार हुन्छ । घटक दलका तर्फबाट मन्त्री हुन्छन् । तर मुख्यमन्त्रीमा आलोपालो हुन्छ,’ उनले भने, ‘गठबन्धनको संयुक्त सरकारको रूपमा यो अगाडि बढ्छ । मन्त्रिपरिषद् हेरफेर वा पुनर्गठन चाँडै हुन्छ ।

तर, कोसँग आलोपालो गर्ने भन्नेबारे उनले खुलाएनन् । मधेशमा नेपाली कांग्रेससहित जनमत पार्टीले समेत सरकारको नेतृत्वमा दाबी गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय