जनकपुरधाम । जनकपुरधामका दुई विद्यालयमा बाल अधिकार तथा बालश्रम रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

द फ्रिडम फन्ड (The Freedom Fund) को आर्थिक सहयोग तथा गरिबी निवारण तथा वातावरण संरक्षण नेपाल (PEEPN) को आयोजनामा जनकपुरधाम–१४ मुजेलियास्थित श्री माध्यमिक विद्यालय र जनकपुरधाम–१९ शिवपुरस्थित श्री जनता माध्यमिक विद्यालयमा कार्यक्रम गरिएको हो।

कार्यक्रममा विद्यार्थीलाई बाल अधिकार, बालश्रमका कारण र त्यसबाट पर्ने असर, बाल संरक्षण, शिक्षाको महत्व तथा बालबालिकाको सुरक्षित भविष्यलगायत विषयमा प्रशिक्षण आलोकनाथ झाले दिइएको थियो।

गरिबी निवारण तथा वातावरण संरक्षण नेपालका अध्यक्ष सिताराम यादवका अनुसार बालबालिका श्रममा संलग्न हुनुका कारण तथा त्यसले उनीहरूको शिक्षा, स्वास्थ्य, मानसिक अवस्था र भविष्यमा पार्न सक्ने असरबारे विद्यार्थीलाई सचेत गराइएको थियो।

कार्यक्रमको संयोजन धिरेनकुमार मण्डलले गरेका थिए।

बालश्रम अन्त्य तथा बालबालिकाको अधिकार सुनिश्चित गर्न परिवार, विद्यालय, समुदाय, स्थानीय सरकार र सम्बन्धित सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा कार्यक्रममा जोड दिइएको थियो।

बालबालिकालाई श्रममा लगाउने अवस्थाको अन्त्य गर्दै उनीहरूलाई शिक्षाको पहुँचमा ल्याउन र सुरक्षित वातावरण निर्माण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने सहभागीहरूले बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय