सिरहा, ७ असार । सिरहा उद्योग वाणिज्य संघ सिरहामा अमरनाथ साह प्यानलै विजयी भएको छ ।

सम्पन्न निर्वाचनको आज सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार अध्यक्षमा साहले पाँच सय ४१ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी महेन्द्र प्रसाद यादवले चार सय ८८ मत पाएका छन् । ५३ मतान्तरले साह विजयी भएका हुन् ।

त्यसैगरी, साह प्यानलकै प्रथम उपाध्यक्षमा प्रकाश कुमार जैन पाँच सय ५०, द्वितीय उपाध्यक्षमा मो.शेख ईमराईन पाँच सय ३६, महासचिवमा सत्यनारायण महतो पाँच सय ४५, सचिवमा श्रवण कुमार यादव पाँच सय ७९, कोषाध्यक्षमा मिथलेश कुमार यादव पाँच सय ६६ मत ल्याएर विजयी भएका छन् ।

सदस्यहरूमा सोनु कुमार महरा पाँच सय ७२, निराजन कुमार यादव पाँच सय ६६, महिला सदस्यमा सलिता कुमारी यादव पाँच सय ६६, विजय कुमार साह पाँच सय ६६, राजेश कुमार महासेठ पाँच सय ६४, शितल प्रसाद यादव पाँच सय ६३, राकेश कुमार यादव पाँच सय ६३, गंगाराम यादव पाँच सय ५७, हरेराम कामती पाँच सय ४५ मत ल्याएर विजयी भएको प्रमुख निर्वाचन अधिकृत अधिवत्ता बिरेन्द्र कुमार सिंहले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय