सिरहा । जिल्ला प्रशासन कार्यालयमा घुस लिई सेवा प्रवाह भईरहेको समाचार सार्वजनिक भएपछि दुई जना कर्मचारी कारबाहीमा परेको छ ।
सञ्चारमाध्यमहरुले जिल्ला प्रशासन कार्यालय सिरहामा घुस लिई सेवाग्राहीको काम गरिरहेको समाचार सम्प्रेशन गरेपछि प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले दुई जना कर्मचारीलाई कारबाही गरेको छ । बिचौलियासँग मिलोमतो गरी सेवा प्रवाहमा ढिलासुस्ती गरेको भन्दै प्रमुख जिल्ला अधिकारी कवारीले नागरिकता फाँटका कम्प्युटर अपरेटर रिंकु मण्डल र राष्ट्रिय परिचय पत्र फाँटका कम्प्युटर अपरेटर अंकित भट्टराईलाई कार्यालयबाट निष्कासित गरेको छ ।

प्रशासनले राहदानी बनाउन १० हजार रुपैयाँ र निवेदनका लागि ५ सय रुपैयाँ लिने गरेको गुनासो आएपछि ५ जना बिचौलियालाई नियन्त्रणमा लिएर सचेत गराएको प्रजिअ कवारीले बताए । प्रशासन कार्यालयले निवेदन दस्तुर वापत ३ सय रुपैयाँ तोकेको छ ।
प्रजिअ कवारीले समाचार सम्प्रेशन भएपछि जिल्ला प्रशासन कार्यालय वरीपरीका फोटोकपी पसल लगायतका स्थानमा अनुगमन गर्न पुगेका थिए । अनुगमन गर्न पुगेपछि विचौलियको रुपमा काम गर्दै आएका फोटोकापी पसल सञ्चालकहरु बन्द गरी फरार भएको प्रजिअ कवारीले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा विभिन्न फाँटका कर्मचारीहरुले सेवाग्राहीलाई दुःख दिई घुस लिने गरेको विषयमा अपन दैनिकले विषेश समाचार सम्प्रेशन गरेको थियो । त्यस बेला प्रमुख जिल्ला अधिकारी कवारीले कपोकल्पित समाचार भएको भन्दै पन्छिन खोजेका थिए । तर आफ्नै कार्यालयको दुई जना कर्मचारीलाई कारबाही गरी निष्काशन गरेपछि जिल्ला प्रशासन कार्यालयमा कर्मचारीहरुले सेवाग्राहीबाट घुस लिदै आईरहेको कुराको पुष्टि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय