सिरहा । सलहेश युवा कल्व सप्तरीको फतेपुरमा आयोजित मदन भण्डारी गोल्डकप फुटबलको सेमिफाईन प्रवेश गरेको छ ।

फतेपुरमा आईतवार भएको खेलमा दमक फुटबल क्लब झापालाई १ का बिरुद्ध ३ गोलले पराजित गर्दै सलहेश युवा क्लब सिरहा सेमीफाइनलमा प्रबेश गरेको हो । सलहेश युवा कल्वले विदेशी खेलाडी फोफोनाको गोलबाट अग्रता लिएका थिए । फोफोनाले खेलको १६ औं मिनेटमा पहिलो गोल गर्दै सलहेश युवा कल्वलाई अग्रता दिलाएको थियो । त्यसको ९ मिनेटपछि खेलको २५ औ मिनेट फोफोनाले गोल अग्रतालाई दोब्बर पारेको थियो । त्यस लगतै सलहेश युवा कल्ववाट रूपक लामाले ३६ औ मिनेटमा गोल गर्दै मध्यान्तरसम्म ३–० को बढत बनाएको थियो । मध्यान्तरपछि दमक फुटबल कल्व झापाका रोमन लिम्बु खेलको ५८औं मिनेटमा एक गोल फर्काएका थिए । त्यसपछि लगातार दबाब बढाएको सलहेश युवा कल्वले गोल गर्ने राम्रो प्रयासहरु गरेका थिए ।

सेमिफाईनल प्रवेश गरेको सलहेश युवा कल्व मंगलवार बागमती क्लब सर्लाहीसंग प्रतिस्पर्धा गर्ने सलहेश युवा कल्वका अध्यक्ष राजिप यादवले बताएका छन् । प्रतियोगिताको विजेताले २ लाख नगद, ट्रफी र उपविजेताले १ लाख नगद र ट्रफी प्रदान गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय