कोरोना भाईरसको संक्रमणको जोखिम अझैं कम हुन सकेको छैन् । देशमा फेरी नयाँ संक्रमण दर देखिन थालेको छ । दैनिक परीक्षण भईरहँदा कोरोना संक्रमितको संख्या वढ्दै गईरहेको छ । कोरोना संक्रमणको जोखिम रहेकै बेला जिल्लाका सरकारी कार्यालयहरुमा भीडभाड बद्दै गएको छ ।
सदरमुकाम सिरहामा रहेको भूमिसुधार तथा मालपोत कार्यालयमा भने कोरोना भाइरसलाई गिज्याउने गरी भिड देखिन्छ । मालपोत कार्यालयमा कोभिड–१९ सम्बन्धी स्वास्थ्य मापदण्ड वितरीत अत्यधिक भींडभाड हुँदै आएको छ । कार्यालयको प्राङ्गणदेखि चारैतिर सेवाग्राहीको भरीभराउ रहने गरेको छ । सेवाग्राहीमध्ये अधिकांस स्वास्थ्य मापदण्ड विपरीत कार्यालयमा पुग्ने गरेका छन् । कार्यालयको बिभिन्न फाँटमा झ्यालबाट कर्मचारीले सेवा प्रवाह गर्दा भीडभाडले गर्दा समान्य दुरी पनि पालना भैरहेको छैन् ।

मालपोत कार्यालयको पछाडिमा रहेको खुल्ला ठाउँमा पनि सेवाग्राही मास्क बिनै एक–अर्कासँग टाँसिएर बस्ने गरेको छन् । मालोपत कार्यालयमा हुने भिडभाडले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले जारी गरेको गाईडलाईनको पनि पालना भैरहेको छैन् । कोरोनाको दोस्रो लहर तिव्र रुपमा फैलिरहेको समयमा मालपोत तथा भूमिसुधार कार्यालय सिरहाले कुनै किसिमको सतर्कता अपनाइएको छैन । साबुन पानीले हातधुने र स्यानिटाइजरको व्यवस्था पनि गरेको छैन् । त्यससँगै भौतिक दूरीको पनि कुनै किसिमको ख्याल गरिएको गरिदैन् ।

जिल्लाको वढी भीडभाड हुने कार्यालयमध्ये एक रहेको मालपोत कार्यालयले यसस विषयमा ध्यान नदिनु गम्भीर रहेको छ । राजश्व असुलीमै मालपोत कार्यालय केन्द्रित भएपछि नागरिकको स्वास्थ्यमाथि खेलवाड भैरहेको छ ।
जिल्लामा केही समय मास्क नलगाउनेलाई कारबाही गर्ने, तपाईको मास्क खोई अभियान संचालनमा आईसक्दा पनि मालपोत कार्यालयसमा त्यस्तो पालना फितलो छ । मालोपत कार्यालयमा भैरहेको भीडभाडलाई नियन्त्रण गर्न संक्रामक रोग सम्बन्धी ऐन अनुसार कारबाही थाल्नु जरुरी देखिन्छ । त्यससँगै कार्यालयले सजगता अपनाउन सक्ने गरी बन्दोबस्ती गर्नु जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!