फाइल तस्वीर

काठमाडौं । मधेश प्रदेशको प्रदेशसभा बैठक १२ दिनका लागि स्थगित भएको छ । आज बोलाइएको बैठक २२ गतेसम्म स्थगित गरिएको मधेश प्रदेशका उपसभामुख उपमाकुमारी देवले जानकारी दिइन् ।

उपसभामुख देवका अनुसार सभामुख सरोजकुमार यादव काठमाडौंमा रहेकोले हाललाई बैठक स्थगित गरिएको हाे । आजको बैठकमा प्रदेश प्रहरी ऐन कार्यान्वयन सम्बन्धी संकल्प प्रस्तावमाथि छलफल गर्न बैठक बोलाइएको थियो । त्यस्तै आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह पारिवारिक भ्रमणमा भारत गएपछि बैठक पछि सारिएको हो ।

मन्त्री यादव आफैँ प्रस्तावक भएकाले संकल्प प्रस्तावका बारेमा भएका छलफल सुन्नुपर्ने र जवाफ दिनुपर्ने भएकोले बैठकलाई स्थगित गरिएको जनाइएको छ ।

मन्त्री साहले गत २६ माघमा पेस गरेको सो प्रस्ताव बारेमा छलफल गर्न प्रदेशसभाको बैठक आज अपराह्न २ बजेका लागि बोलाइएको थियो ।

गत १ फागुनमा सो विषयमा छलफल गर्ने भनिए पनि प्रावधिक कारण देखाउँदै स्थगित भएको बैठक कार्यसूचीमा छलफल ९ दिनपछि पुनः सुरु हुने तय भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय