सिरहा । सिरहाको मिर्चैयामा ईलाका प्रहरी कार्यालय मिर्चैयाले होटलभित्रै जुवातास खेलाउने एक होटल सञ्चालकलाई पक्राउ गरेको छ ।

मिर्चैयाको कटारी चोकस्थित रहेको खुश्बु होटल एण्ड पार्टी प्यालेसका सञ्चालक सरोज कुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबार मध्यराति २ बजेको समयमा जुवातास चलिरहेको भन्ने विषेश सूचनाको आधारमा प्रहरीको टोलि सो होटल पुगेको थियो ।

प्रहरी पुग्दा मुख्य गेट बन्द थिए । प्रहरीले गेट खोल्न आग्रह गरे । तर, सञ्चालक साह भने गेट खोल्न अटेरी गरि प्रहरीलाई छलेर पछाडिपट्टीको गेटबाट सबै जुवाडेहरुलाई भगाए । जुवाडेहरु होटलभित्र फेला नपरेपछि प्रहरीले होटल सञ्चालक साहलाई पक्राउ गरेको हो ।

त्यसँगै प्रहरीले ६ थान मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । यसबारे थप अनुसन्धान तथा यसमा संलग्नहरुको खोजीकार्य भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेन्द्र श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!