स्थानीय चुनाव

निर्वाचन आयोगले आसन्न स्थानीय तह चुनावमा मतदान गर्न पाउने २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष पूरा हुने मतदाताको विवरण सार्वजनिक गरेको छ ।

आयोगको वेबसाइटमा सार्वजनिक मतदाताको नयाँ विवरणमा हालै मतदाता नामावलीमा नाम समावेश भएका, सरुवा गरेका लगायत मतदाताको विवरण प्रकाशित छ ।

आयोगको वेबसाइटमा ‘मतदाता नामावली (दाबी विरोध)’ मा ‘क्लीक’ गरेपछि प्रदेश, जिल्ला, पालिका, वडा र मतदान स्थल छानेपछि मतदाताको सूची हेर्न सकिन्छ ।

नयाँ मतदाता नामावली स्थानीय तहको वडा कार्यालय र निर्वाचन कार्यालयमा समेत हेर्न सकिने आयोगले जनाएको छ ।

आयोगले सार्वजनिक गरेको नामावलीमा मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) कार्यक्रम २०७८ अन्तर्गत मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झूटा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिने जस्ता क्रियाकलाप फागुन २० गतेसम्म गर्न सकिने समेत जनाइएको छ ।

वैशाख ३० गते हुने स्थानीय चुनावमा २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्न पाउने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!