काठमाडौं । सीके राउतको जनमत पार्टीका नेताहरूले गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेका छन् । जनमत पार्टीका पक्राउ परेका नेता कार्यकर्ताको रिहाइको माग गर्दै जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंहले भेटवार्ता गरेका हुन् ।
शान्तिपूर्ण आन्दोलनमा गिरफ्तार गरी लगाइएको मुद्दा फिर्ता गर्न र गिरफ्तार गरिएका नेता कार्यकर्ताको रिहाइ गरिनुपर्ने उनीहरूको माग थियो ।

गृहमन्त्री खाणले भने यथार्थ बुझेर निर्णय गर्ने गर्ने भन्दै नागरिकको जीवनरक्षा र मौलिक अधिकार प्रत्याभूत गर्नु सरकारको कर्तव्य भएको बताएका छन्



