काठमाडौँ । उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा २५ लाख जरिवाना तोकिएका हिरालाल श्रेष्ठलाई आज प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनले २०७८ असार २९ गते श्रेष्ठलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन कैद र रु २५ लाख जरिवानाको फैसला गरेको थियो । हालसम्म फरार भएका प्रतिवादी श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगङ्जको टोलीले ललितपुरबाट पक्राउ गरेको हो ।
खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १० घर भई भक्तपुर बस्ने बस्ने ३२ वर्षीय श्रेष्ठलाई आज पक्राउ पश्चात प्रहरीले सार्वजनिक गरेको हो । प्रतिवादीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी झुक्यानमा पारी पीडितलाई सेञ्चुरी बैंकको चेक दिएका थिए ।
फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताए । –रासस