इजरायलभाषाभाषा परीक्षा

इजरायलमा केयरगिभर (हेरालु)सम्बन्धी रोजगारका लागि सरकारले लिएको अंग्रेजी भाषा परीक्षामा दुई हजार ३९ परीक्षार्थी उत्तीर्ण भएका छन्।

भाषा परीक्षामा उत्तीर्ण भएकाहरूको असोज १, २ र ३ गते बिहान र दिउँसोको समयमा उचाइ र तौल नापिनेछ । सोसम्बन्धी परीक्षा व्यावसायिक तथा विकास तालिम प्रतिष्ठान भैँसेपाटीमा सञ्चालन हुने वैदेशिक रोजगार विभागले जनाएको छ।

लिखित परीक्षामा उत्तीर्ण भई उचाइ र तौल नापमा पनि उत्तीर्ण हुनेहरूको असोज ४ गतेदेखि ९ गतेसम्म अन्तर्वार्ता लिइने जनाइएको छ। लिखित परीक्षा, शरीरको उचाइ र नापतौल परीक्षा एवं अन्तर्वार्ताका आधारमा परीक्षार्थीलाई नतिजा तथा प्राप्तांक प्रदान गरिनेछ।

सो नतिजा व्यक्तिले फारम भर्दा विभागको वेबसाइटमा बनाएको आइडीमा प्रविष्ट गरिनेछ । सोही प्राप्तांकका आधारमा विभागले परीक्षार्थीहरूलाई छनोट गर्नेछ। छनोट गरिएको नामावली इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पिआइबिए)लाई पठाइनेछ । त्यहाँबाट छनोटमा परेका व्यक्तिहरूसँग सम्झौता भएपछि उनीहरू इजरायल जान पाउने छन् ।

हेर्नुहोस् व्यक्तिहरू छनोट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!