औषधी पसल संचालकगोलबजारलागुऔषध

सिरहा । प्रतिवन्धित लागुऔषधसहित दुई जना दाजुभाईलाई सिरहा प्रहरीले गोलबजारबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोलबाजर नगरपालिका ४ का ४६ वर्षिय जगदिश कुमार साह र ४३ वर्षिय दिलिप कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रतिबन्धित लागुऔषध बेनाड्रिल १३ थान, पेन्टाजोसिन इन्जेक्सन १८८ वटा र पेन्टाजोसिन ल्याक्टेड इन्जेक्सन २३० थान सहित उनीहरुलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय गोलबजार र प्रदेश प्रहरीको संयुक्त टोलीले विशेष सुचनाको आधारमा दुवैजनालाई पक्राउ गरेको हो । पक्राउ पर्ने साह दाजुभाईले संचालन गर्दै आएको औषधी पसल र घरमा खोजतलाश गर्ने क्रममा प्रतिबन्धित लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सुभाष वुढाथोकीले बताएका छन् । पक्राउ परेका साह दाजुभाईलाई अनुसंधानको क्रममा ईलका प्रहरी कार्यालय गोलबजारमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!