
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार २१७ पीसीआर परीक्षण गर्दा ३ हजार १९४ जना र ५ हजार ९०६ एन्टिजेन परीक्षण गर्दा १ हजार ७१० जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा देशभर ३५ जना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ।
देशभर हालसम्म ३७ हजार ३३२ सक्रिय संक्रमित छन्। मंगलबार २ हजार ११५ जना संक्रमणमुक्त भएका छन्।