सिरहा । सिरहा नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ३२ करोड १७ लाख ८९ हजार २९ रुपैयाँको कुल बजेट विनियोजन गरेको छ। जसमध्ये ४८ करोड ७० लाख ४२ हजार ९ सय ५४ रुपैयाँ नगरस्तरीय योजना तथा कार्यक्रमका लागि छुट्याइएको छ।

नगरपालिकाले सार्वजनिक गरेको बजेट तथा ‘रातो किताब’अनुसार नगरस्तरीय बजेटअन्तर्गत प्रशासनिक, पूर्वाधार, सामाजिक विकासलगायत विभिन्न शीर्षकमा रकम विनियोजन गरिएको छ।

नियमित प्रशासनिक खर्चतर्फ कर्मचारीको पारिश्रमिक, पोशाक, औषधिउपचार, स्थानीय तथा महँगी भत्ता, बैठक भत्ता, प्रोत्साहन तथा पुरस्कारलगायत शीर्षकमा बजेट राखिएको छ। त्यस्तै कर्मचारीको सामाजिक सुरक्षा कोष, योगदानमा आधारित निवृत्तिभरण तथा अन्य कर्मचारी सुविधाका लागि समेत रकम विनियोजन गरिएको छ।

पूर्वाधारतर्फ सडक, नाला, कल्भर्ट, सडक बत्ती तथा मर्मतसम्भारका योजनालाई प्राथमिकतामा राखिएको छ। नगरका विभिन्न क्षेत्रमा आरसीसी ढलान, सडक स्तरोन्नति, नाला निर्माण तथा मर्मतका लागि छुट्टाछुट्टै बजेट विनियोजन गरिएको रातो किताबमा उल्लेख छ।

हेर्नुहोस् नगरस्तरीय बजेट :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय