समाचार
Trending

परीक्षा रोक्‍न माग गर्दै पद्‌मकन्या क्याम्पसमा प्रदर्शन, ६ जना पक्राउ

ADVERTISEMENT

काठमाडौं । बागबजारस्थित पद्मकन्या क्याम्पसमा त्रिविको परीक्षा परीक्षा रोक्न माग गर्दै प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ADVERTISEMENT

‘नो भ्‍याक्सिन, नो एक्जाम’ भन्‍दै नाराबाजी गरिरहेका ६ जनालाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिए । नियन्त्रणमा लिएका उनीहरुलाई नगर प्रहरी भृकुटीमण्डपमा राखिएको छ ।

ADVERTISEMENT

परीक्षामा धेरै भीडभाड हुने भन्‍दै विद्यार्थीहरुले पद्मकन्‍या क्‍याम्पस अगाडि प्रदर्शन गर्दै परीक्षा रोक्न माग गरेका हुन् । उनीहरुमध्ये केहीले कलेजको बाहिर प्रदर्शन गरेका छन् भने केहीले कलेज परिसरभित्र पुगेरै प्रदर्शन गरेका छन् ।

पद्मकन्या कलेजमा विभिन्न १८ वटा कलेजका सिफ्ट अनुसार परीक्षा तोकिएको छ ।

यसअघि त्रिभुवन विश्वविद्यालयले परीक्षाको तालिका आइसकेको भदौ ५ गतेसम्मको परीक्षा स्थगित नगर्ने भन्‍दै यथावतमै सञ्चालन गर्ने निर्णय गरेको थियो ।

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published.

Back to top button

Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!