काठमाडौं। इजरायली सैन्य कारबाहीको अन्त्यपछि गाजा शहरमा हमास र दाग्मास जनजातिका लडाकुहरू बीच भएको झडपमा कम्तीमा २७ जनाको मृत्यु भएको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार गाजा शहरको जोर्डन अस्पताल नजिकै नकाबधारी हमासका बन्दुकधारीहरू र दाग्मास लडाकुहरूबीच गोली हानाहान भएको थियो।




