
सुलीकोट । गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भिमसेन थापा गाउँपालिका – ४ गैरागाउँ बस्ने ७० वर्षीय खुन्ते सार्की भएको जिल्ला प्रहरी कार्याल गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्रप्रसाद सुबेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहीबार दिउँसो २ बजे घरबाट निस्केका सार्कीले हलो बनाउनका लागि रुख काट्न जानुभएको थियो । अबेरसम्म पनि घर नफर्किनुभएपछि खोजतलास गर्ने क्रममा शुक्रबार बिहान ७ बजे सार्की मृत अवस्थामा फेला पर्नुभएको हो ।

उहाँले काट्नुभएको रुखको हाँगा बिजुलीको नाङ्गो तारमा छुदा उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुबेदीले जानकारी दिनुभयो ।
अहिले जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी टोली घटनास्थल गई घटनाबारे थप अनुन्धान गरिराखेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।