सर्लाही । केही दिनदेखि जिल्लाका विभिन्न पालिकामा चिसोबाट प्रभावित अति विपन्न गरिब र दलित परिवारलाई फाइबर सिरक वितरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले फाइवर सिरक वितरण गरिरहेको हो ।

जिल्ला प्रशासन कार्यालय मलंगवाका कम्प्युटर अपरेटर मुकेश यादवका अनुसार विपद् व्यवस्थापन समिति सर्लाहीले चन्द्रनगर गाउँपालिका ३ र ४ का ५५ अति विपन्न गरिब र दलित परिवारलाई एक एक थान फाइबर सिरक वितरण गरेको हो ।

जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा फाइबर सिरक वितरण गरिएको जिल्ला प्रशाशन कार्यालय मलंगवाले जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले बलरा नगरपालिका र रामनगर गाउँपालिकाका १५२ परिवार, पर्सा गाउँपालिकामा ६८ परिवार र विष्णु गाउँपालिकामा चिसो प्रभावित ६१ परिवार गरी ३ सय ३६ लाई राहतस्वरुप फाइबर सिरक वितरण गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीका अनुसार जिल्लाका अन्य पालिकामा पनि चिसोले प्रभावित परिवारको पालिकासँग लगत माग्ने काम भइरहेको छ । लगत प्राप्त हुनासाथ फाइबर सिरक वितरण गरिने समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!