oplus_0

चीनको तिब्बत केन्द्रविन्दु भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।

तिब्बतको डिङ्गयी आसपास केन्द्रविन्दु भएर गएको भूकम्पबाट हालसम्म ९५ जनाको मृत्यु भएको स्थानीय अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

चिनियाँ सञ्चारमाध्यम सिजीटीएनका अनुसार भूकम्पमा परी १ सय ३० जनाभन्दा बढी घाइते भएका स्थानीय भूकम्प राहत मुख्यालयले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दुको ५ किलोमिटर आसपासमा सातवटा गाउँ रहेका छन् । त्यस्तै, केन्द्रविन्दुको २० किलोमिटर आसपासमा दुईवटा शहर रहेका छन् ।

यूएस जियोलोजिकल सर्भेले भूकम्पको मापन ७.१ म्याग्निच्युड रहेको जनाएको छ । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले ७.० म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

भूकम्पको धक्का नेपालका विभिन्न जिल्लासँगै भुटानको थिम्पु, भारतको बिहार र बंगलादेशसम्म पनि महसुस गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!