काठमाडौं- ‘ग्रेटर नेपाल’का संस्थापक फणीन्द्र नेपाल पक्राउ परेका छन्।

उनलाई आज मध्याह्न १२ बजेतिर सिंहदरबारको दक्षिणी गेटमा धर्ना बस्ने क्रममा प्रहरीले पक्राउ गरेको हो।

लिपुलेकसम्बन्धी पछिल्लो प्रकरणमा सरकार गैरजिम्मेवार बनेको भन्दै धर्ना दिएका उनलाई पक्राउ गरी सिंहदरबार प्रहरी वृत्त पुर्‍याएको छ।

उनले आफू आज बिहान १२ मध्याह्न बजेदेखि २ बजेसम्म धर्ना बस्ने सामाजिक सञ्जाल मार्फत जानरकारी दिएका थिए।

‘लिपुलेकको नेपाली सार्वभौमसत्तामाथि इन्डियाली ज्यादती देखेर पनि केही नभएजस्तो गर्ने र चीन र इन्डियाले लिपुलेक प्रयोग गर्ने सहमति गर्दा त्यो चीन र इन्डियाबीचको प्राविधिक कुरा हो भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने सरकारको विरोध नगर्ने हो भने सरकार झन् झन् मौन रहनेछ , इन्डियाको दास बन्दै जानेछ र नेपाली भूमिको रक्षा गर्न थप असमर्थ हुनेछ,’ उनले फेसबुकमा लेखेका थिए,’त्यसैले सरकारलाई राष्ट्रियताका पक्षमा बोल्न बाध्य पार्न पनि नागरिक तहबाट सरकारको विरोध नगरी हुँदैन। यही प्रयोजनका निम्ति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा आज मध्याह्न १२:०० बजेदेखि ४:०० बजेसम्म सिंहदरबारको दक्षिणी ढोकामा धर्नामा बस्दै छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!