सर्लाही- सर्लाहीमा स्थानीय र प्रहरीको झडप भएको छ । झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले पाच राउण्ड हवाई फायर समेत गरेको छ । झडपका कारण भने मापसे चेकिगंको क्रममा स्थानिय युवाको अवरोध रहेको छ ।
मापसे जाच गर्न लाग्दा स्थानिय युवाले प्रहरी मथि नै आक्रमण गरेपछि स्थिति नियन्त्रण लिनका लागि हवाई फायर गर्नु परेको प्रहरीले बताएको छ । सर्लाही रामनगर गाउपालिका ५ को वैजनाथ चोकमा खटिएका प्रहरी हवल्दार शैलेन्द्र रायको टाउको चोट समेत लागेको छ ।
झडप नियन्त्रण बाहिर गएपछि प्रहरीले पाच राउण्ड हवाई फायर गर्नु परेको हो । त्यति मात्र नभएर स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीको थप टोलि झिकाउन परेको थियो ।
रामनगर गाउँपालिका–५ का वडाध्यक्ष श्रीनन्दन यादवले प्रहरीले चेकिङको नाममा स्थानीयसँग रकम असुलेको र केहीलाई हिरासतमा राखेको गुनासो आएपछि आफू सो स्थानमा पुगेको र आफूले मापसे नगरेको र प्रहरीलाई आक्रमण पनि नगराएको बताएका छन् ।