काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर आरिफ सेखले विवाह गरेका छन् ।

आरिफले विहीबार शबाना खातुनसँग विवाह गरेका हुन् । पर्सा वीरगन्जका आरिफ र बाराको कलैयाकी खातुनले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

आरिफका सहोदर भाइ आसिफ सेखले पनि आज (शुक्रबार) विवाह गर्दैछन् । उनले पनि वीरगन्जबाटै विवाह गर्न लागेका हुन् ।

यी दुवै दाजुभाइ पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टिमका नियमित सदस्य रहँदै आएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल)मा भने आसिफले जनकपुर बोल्ट्सको प्रतिनिधित्व गर्दा आरिफले सुदूरपश्चिम रोयल्सबाट प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!