काठमाडाैं । आइतबार दक्षिण कोरियामा ठूलाे विमान दुर्घटनामा पर्याे । जेजु एयरको यात्रुवाहक विमान विमानस्थलभित्रै अवतरण गर्ने क्रममा दुर्घटनामा परेकाे हाे ।

रिपोर्टहरूका अनुसार, विमानमा १७५ यात्रु र छ उडान परिचरसहित १८१ जना सवार थिए ।

विमान अवतरण गर्ने क्रममा रनवेबाट चिप्लिएर एयरपोर्टको सिमानामा ठोक्किएको थियो। उद्धार कार्य जारी रहेकाे कारण के-कति मानवीय क्षति भयाे भन्ने यकिन भइसकेकाे छैन ।

यो विमान बैंककबाट आउँदै थियो ।

यो दुर्घटनाको एउटा डरलाग्दो भिडियो पनि सार्वजनिक भएको छ । अवतरणको क्रममा विमान कसरी एयरस्ट्रिपमा चिप्लिएर पर्खालमा ठोक्कियो र केही बेरमै विमान आगोको गोला बनेको भिडियोमा देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!