सिरहा, भदौं ६ गते । राष्ट्रिय भूमी आयोग जिल्ला कार्य समिति सिरहाले भूमीहिन सुकुम्बासीलाई जग्गा वितरण गर्ने गरी लगत संकलनलाई तिव्रता दिएको छ ।
आयोगको जिल्ला कार्य समितिको कार्यालय सिरहामा पत्रकार सम्मेलनको आयोजना गरी सिरहा जिल्लाको चारवाट स्थानीय तहमा लगत संकलन भईरहेकोले चाँडै जग्गा वितरण गर्ने जनाएको छ । जस अन्र्तगत सिरहाको गोलबजार नगरपालिकामा २ हजार ८४६ जना, कर्जन्हा नगरपालिकामा ६ सय ४६ जना, मिर्चैया नगरपालिकामा १ हजार २९६ जना र धनगढीमाई नगरपालिकामा २ हजार ८०५ जनाले जग्गा पाउने भन्दै निवेदन दर्ता गराएको राष्ट्रिय भूमी आयोग जिल्ला कार्य समिति सिरहाका अध्यक्ष रामअधिन यादवले बताएका छन् ।
आयोगसँग सम्झौता भएको पालिकामा लागत संकलनको काम भएकोले भदौं महिना भित्र वास्तविक भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गरिने अध्यक्ष यादवले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय