काठमाडौं, भदौ ६ गते । जनक शिक्षा सामग्री केन्द्रमा पाठ्यपुस्तकको माग अझै घटेको छैन ।  देशका विभिन्न ठाउँबाट पुस्तकको अभाव भएको भन्दै विभिन्न्न विद्यालयबाट पुस्तकको माग आउनेगरेको जनक शिक्षा सामग्री केन्द्रका सूचना अधिकारी चित्रबहादुर आचार्यले बताउनुभयो । अबको १० दिनमा सबै पाठ्यपुस्तक छापिसक्ने केन्द्रले जनाएको छ ।

शैक्षिकसत्र सुरु भएको दुई महिना बिते पनि जनक शिक्षा सामग्री केन्द्रमा पुस्तकको माग आउनेगरेको छ । सामग्री केन्द्रले गतसालभन्दा बढी पाठ्यपुस्तक छापेर पठाए पनि अझै माग रहेको आचार्यले बताउनुभयो । ‘हामीले गतसालभन्दा धेरै पुस्तक छापेर पठाइसकेका छौँ । तर, अझै पनि देशका विभिन्न ठाउँबाट पुस्तकको माग रहेको छ’ आचार्यले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय